३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंकका ग्राहकले बस र हवाई टिकटमा विशेष छुट पाउने



अ+ अ-

काठमाडौं ।  स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियानलाई आत्मसात गर्दै बैंकले आगामी चाडपर्वलाई लक्षित गरी हवाइ टिकट र बस टिकट खरिदमा क्यास ब्याकको योजना ल्याएको छ ।

सनराइज बैंकका ग्राहकहरुले Sunrise Smart App प्रयोग गरी बस वा हवाईजहाजका टिकट खरिदमा प्रथम दुईपटकको कारोबारमा प्रति बस टिकट रु. २०० र हवाई टिकट मा प्रति टिकट रु. ३०० का दरले क्यास ब्याक प्राप्त गर्ने व्यवस्था गरेको छ ।

कोभिड १९ ले धेरै क्षेत्र र व्यक्तिहरुको आर्थिक अवस्थामा प्रभाव परिरहेको वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले चाडपर्वको अवसरमा ग्राहकहरुको खुशीमा अझै उत्साह उमंग थप्ने बैंकको विश्वास छ ।

सनराइज बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाड्न २०७७ असोज २५ देखि कार्तिक ११ गते सम्मको लागि यो योजना ल्याएको बैंकले जनाएकाे छ ।