१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयमा नृत्य गर्ने क्रममा बेहोस भएकी विद्यार्थीको मृत्यु



अ+ अ-

लमजुङ । बेँसीसहर नगरपालिका– ७ स्थित भूपू सैनिक आवासीय माध्यमिक बोर्डिङ स्कुलमा नृत्य गर्ने क्रममा बेहोस भएकी एक विद्यार्थीको मृत्यु भएको छ ।

कक्षा ८ मा अध्ययनरत दोर्दी गाउँपालिका–८ को ओमबहादुर तामाङकी १४ वर्षीय छोरी बिन्ती तामाङको आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

जिल्ला प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार आगामी पुस २४ गते प्याब्सनको कार्यक्रमको लागि विद्यालयमा नृत्य अभ्यास गर्ने क्रममा अचानक ढलेर बेहोस भएकी उनलाई लमजुङ अस्पतालमा उपचारको लागि ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । मृत्युको कारण भने खुलिनसकेको प्रनाउ श्रीवास्तवले बताउनुभयो ।