काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले कर्णाली प्रदेश कमिटीका पदाधिकारी सहित मुख्यमन्त्री लाई काठमाडौ बोलाउनु भएको छ । कर्णाली प्रदेशको संसदीय दलमा विवाद बढ्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाही बिरुद्ध बहुमत सदस्यले हस्ताक्षर गरेपछि त्यसैका बारेमा छलफल गर्न दुई नेताले उनिहरुलाई काठमाडौ बोलाएका हुन् । मंगलबार दुई अध्यक्षबीच छलफल भएपछि नेकपा संसदीयदलका उपनेता शुवास नेवाङले कर्णालीका नेताहरुलाई फोन गरी बिवाद नबढाउन निर्देशन दिएपछि बिवाद तत्कालका लागि टरेको थियो ।
कर्णाली प्रदेश कमिटीमा इन्चार्ज जनार्दन शर्मा, सहईन्चार्ज यमलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्मा र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई काठमाडौं बोलाउन मंगलबार पत्र पठाईएको सचिवालयका एक सदस्यले जानकारी दिनुभयो । मुख्यमन्त्री शाही बिरुद्ध उभिएका माधब नेपाल समुहका नेताहरुले आफनो निर्णय फिर्ता लिएपछि तत्कालका लागि सहमति बनेको थियो । अब कर्णाली प्रदेश सरकार तत्कालप पूर्नगठन गर्ने र नेपाल समुहका तीन मन्त्री र प्रमुख सचेतकको जिम्मेबारी दिने सहमति भएको नेताहरुले जनाएका छन् ।










