२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अधिकारको टोलिले रवि लामिछानेलाई भेटे



अ+ अ-

काठमाडौँ । मानव अधिकार आयोगको टोलिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेको छ ।

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई आराम गर्न नदिई बुधवार मध्यराति चितवनबाट पोखरा लगिएको विषयमा उनको पार्टीका नेता तथा समर्थकहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय, कास्कीमा हिरासतमा रहेका लामिछानेलाई राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका निर्देशक नितु गड्तौलाले भेट गरेकी हुन् । गड्तौलाले सूचना र कानुनहरुको अध्ययन गरी केन्द्रीय कार्यालयमा पठाइने र थप कारबाही केन्द्रीय कार्यालयले गर्ने बताइन् ।

‘हामीले सूचना केन्द्रीय कार्यालयमा पठायौं । थप एक्शन केन्द्रीय कार्यालयले लिन्छ । हामी रवि लामिछानेमा मात्रै केन्द्रीत भएर आएका थियौं । अन्य विषयमा पनि समस्या छ भने आगामी दिनमा पनि कुरा अगाडि बढाउँछौँ ।’

जिल्ला अदालत कास्कीले अन्तिम पटक लामिछानेलाई हिरासतमा राख्न थप गरेको अवधि शुक्रवार साँझबाट सकिने छ ।

रास्वपा नेताहरूले राति ११ बजे चितवनबाट पोखरा हिँडाइएको दाबी गरेका छन् । तर, उनलाई १ बजेतिर चितवनबाट पोखरा पठाइएको प्रहरीले जनाएको छ ।