पोर्चुगलः विश्व फुटबलका चर्चित फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुष्टी भएको छ । पोर्चुगलका अन्तर्राष्ट्रिय खेलाडी एवं इटालीको लिग लिडर युभेन्टसका फरवार्ड रोनाल्डोलाई संक्रमण देखिएको पोर्चुगाली फुटबल फेडरेसनले जनाएको छ ।
फेडरेसनले भनेको छः “३५ वर्षीय रोनाल्डोलाई ठीक हुँदैछ, कुनै लक्षण देखिएको छैन र अहिले आइसोलेसनमा हुनुहुन्छ ।”
पोर्चुगलले आगामी बुधबार नेसन्स लिग अन्तर्गत स्वीडेनसँग प्रतिस्पर्धा गर्दैछ । प्रशिक्षक फर्नान्डो सान्तोसका अन्य १९ खेलाडीमा भने कोरोना देखिएको छैन ।
गत आइतबार पेरिसमा भएको खेलमा पोर्चुगल र फ्रान्सबीच १–१ गोल भएको थियो ।
रोनाल्डोले युरोपली राष्ट्रमै देशका लागि १०० अन्तर्राष्ट्रिय गोल गर्ने पहिलो खेलाडी हुन् ।
एजेन्सी










