५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.55

Wind: 1.54

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौँ । आजको नेपाली बजारमा सुनको मूल्य घटेको छ । तर चाँदीको मूल्य भने बढेको छ ।

बिहीबार प्रतितोला रू एक लाख ५० हजार सात सयमा कारोबार भएको सुन आज घटेर रू एक लाख ५० हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजोको तुलनामा प्रतितोला रू छ सय घटेको हो ।

चाँदीको मूल्य भने प्रतितोला रू १० ले बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला रू एक हजार आठ सय ९० मा कारोबार भइरहेको छ ।