१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम पुर्वअनुमानः एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । बंगालको खाडीमा बनेको शक्तिशाली निम्न चापीय क्षेत्र  हाल भारतको तेलंगानामा रहेको छ र कमजोर हुंदै पश्चिम–उत्तरपश्चिमी दिशा तर्फ सर्ने क्रममा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहेको छ।

बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू–भागमा  आंशिक बदली रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।