१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगामा बार्सिलोनाको पहिलो हार, ओसासुनासँग ४–२ गोलले स्तब्ध



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगामा बार्सिलोनाले पहिलो हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा बार्सिलोना ओसासुनासँग ४–२ गोलले स्तब्ध बनेको हो ।

घरेलु टोलि ओसासुनालाई जित दिलाउन आन्टे वुदिमिरले २ तथा ब्रायन जारागोजा र एविल ब्रेटोन्सले १–१ गोल गरे । बार्सिलोनाका पाउ भिक्टर र लामिने यामलले गोल फर्काएपनि टोलिको हार टारेनन् ।

पराजित बार्सिलोना हारपछि पनि तालिकाको शीर्षस्थानमा कायम छ । ८ खेलमा ७ जित र १ हारको नतिजा निकालेको बार्सिलोनाको २१ अंक छ । ओसासुना १४ अंकसहित छैटौं स्थानमा छ ।