८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

लेस्टरलाई आर्सनलले हरायो, सिटी र न्युक्यासलले अंक बाँडे

लेस्टरलाई आर्सनलले हरायो, सिटी र न्युक्यासलले अंक बाँडे
अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई ४–२ गोलले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्समा २ गोलको अग्रता बनाएको आर्सनलले २ गोल खाँदै बराबरीमा गएपछि खेल रोमाञ्चक बनेको थियो ।

खेलको २० औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, पहिलो हाफको इन्जुरी समयमा लियान्ड्रो ट्रोसार्डले गोल गरेपछि आर्सनल २–० ले अघि बढ्यो ।

यता, ४७ औं र ६३ औं मिनेटमा जेम्स जस्टिनले गोल गर्दै लेस्टरलाई २–२ को बराबरीमा ल्याउँदै खेलमा फर्काए ।

खेल सकिनै लाग्दा इन्जुरी समयमा लेस्टरका विल्फ्रेड एन्डीडीले आत्मघाती गोल गरेपछि आर्सनलले जिततर्फ अग्रसर भयो । कर्नरबाट आएको बललाई आर्सनलका ट्रोसार्डले प्रहार गरेको बल एन्डीडीलाई लागेर गोल भएको थियो ।

यस्तै, इन्जुरी समयमा नै काई हाभेट्रजले गोल गरे । उनी भाग्यशाली साबित भए । लेस्टरका डिफेन्डरले क्लियर गरेको बल काईलाई लागेर गोल हुने पुगेको थियो । जितसँगै आर्सनले ६ खेलबाट १४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । लेस्टर ३ अंकका साथ १६ औं स्थानमा छ ।

यस्तै, शनिबार नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले न्युक्यासल युनाइटेडसँग बराबरी खेल्दै अंक बाँडेको छ । खेलको ३५ औं मिनेटमा होस्को जिभार्डिओलले गोल गर्दै सिटीलाई खेलमा अग्रता बनाएका थिए ।

तर, ५८ औं मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै घरेलु टोलि न्युक्यासललाई बराबरीमा ल्याए । त्यसपछि दुबै टोलिले गोल गर्न सकेनन् र १–१ को बराबरी खेल्दै अंक बाँडे ।

बराबरीसँगै ६ खेलबाट १४ अंक जोडेको सिटी तालिकाको दोस्रो स्थानमा छ भने न्युक्यासल ११ अंकसहित सातौं स्थानमा छ ।