८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

घरभित्रै दशैँ मनाउन प्रशासनको अनुरोध

घरभित्रै दशैँ मनाउन प्रशासनको अनुरोध
अ+ अ-

चितवन । कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दशैँ, तिहारलगायत चाडपर्व मनाउन आग्रह गरेको छ । प्रशासनले अनावश्यक हिँडडुल नगर्न, भेला जमघटका कार्यक्रममा सहभागी नहुन र स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीद्वारा जारी सूचनामा जिल्लावासीलाई १४ बुँदे सुझाव दिइएको छ । जिल्लामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई हजार ७६४ नाघेको सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९७ पुगेको भन्दै अत्यन्तै सावधानी अपनाउन अनुरोध गरिएको छ ।

धार्मिकस्थलमा धर्म परम्परालाई निरन्तरता दिई नित्य पूजाअर्चना मात्र गर्न, दशैँमा फूलपाती भित्र्याउने काम साङ्केतिकरूपमा गर्न, खेलकूदका कार्यक्रम, जात्रा, मेला तथा उत्सव नगर्न प्रशासनको आग्रह छ । अवैध मदिरा उत्पादन, बिक्री वितरण तथा उपभोग नगर्न, मादक पदार्थ सेवन गरी होहल्ला नगर्न, तीव्रगतिमा सवारी साधन नचलाउन, गुणस्तरहीन उपभोग्य वस्तु बिक्री वितरण नगर्न, कृत्रिम अभाव सिर्जना गरी कालोबजारी नगर्न, जुवातास र गैरकानूनी चिठ्ठा कार्यक्रम नगर्न र त्यस्ता कार्यक्रममा सहभागी नहुन पनि अनुरोध गरिएको छ ।

यस्तै दशैँ, तिहार तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान, देउसीभैलोलगायत कुनै पनि कार्यक्रम नगर्न सूचनामा अनुरोध गरिएको छ । यस्तै पटका, आतिसबाजीलगायत विष्फोटक वस्तु प्रयोग नगर्न, ध्वनि प्रदूषण, चन्दा सङ्कलन नगरी आपसी सद्भाव कायम गर्न सम्पूर्ण जिल्लावासीलाई अनुरोध गरिएको छ । प्रशासनले १२ वर्षभन्दा कमका बालबालिका र ६० वर्षमाथिका वृद्धवृद्धा तथा जटिल प्रकारका स्वास्थ्य समस्या भएका मानिसलाई घर बाहिर हिँडडुल नगर्न हिँड्नै परे सम्पूर्ण सुरक्षाको मापदण्ड अपनाउन अनुरोध गरेको छ ।