१४ श्रावण २०८३, बिहीबार
,
Latest
मार्गप्रशस्त गर्न सरकारलाई श्रम संस्कृति पार्टीको आग्रह सुनसरी घटनाबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने सांसद शर्माको माग शान्ति सुरक्षा र नैतिकताको प्रश्न उठाउँदै एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता बालेनलाई काँग्रेसले सोध्यो–पद बदलिएपछि मन बदलियो कि व्यवहार ? सुनको मूल्य बढ्यो, चाँदीको घट्यो स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज, समसामयिक सुरक्षा अवस्थाबारे छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानी राजा भोलि नेपाल आउने, स्वयम्भु र बौद्धनाथ पुग्ने, २ बजे फर्कने



अ+ अ-

काठमाडौँ । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक भोलि नेपाल आउने भएका छन् । उनको साथमा रानी तेत्सुन पेमा वाङचुक पनि हुेनेछिन् । उनीहरु भोलि बिहान १० बजे काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

राजदम्पत्तिले स्वयम्भु र बौद्धनाथको दर्शन गर्ने तय भएको छ । तर उनीहरुको निजी भ्रमण रहेकाले खासै भेटघाट र अन्य कार्यक्रमहरु भने केही नरहेको जनाइएको छ ।

उनीहरु बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको र बिहान उनीहरुलाई परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले स्वागत गर्नेछिन् ।

मन्त्रालयले उनीहरु काठमाडौँ आएलगत्तै सुरुमा स्वयम्भु र त्यसपछि बौद्धनाथ दर्शन गर्न जानेछन् । त्यसपछि २ बजे काठमाडौँबाट थिम्पु फर्किने बताइएको छ ।

निजी भ्रमणका लागि काठमाडौँ आउने भएकाले कुनै औपचारिक कार्यक्रम नरहेको बताइएको छ । उनीहरु चार्टर फ्लाइटबाट थिम्पु फर्कने भएका हुन् । उनीहरु आज नै नयाँ दिल्ली पुगेका हुन् ।