७ पुष २०८२, सोमबार
,
Latest
‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानी राजा भोलि नेपाल आउने, स्वयम्भु र बौद्धनाथ पुग्ने, २ बजे फर्कने



अ+ अ-

काठमाडौँ । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक भोलि नेपाल आउने भएका छन् । उनको साथमा रानी तेत्सुन पेमा वाङचुक पनि हुेनेछिन् । उनीहरु भोलि बिहान १० बजे काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

राजदम्पत्तिले स्वयम्भु र बौद्धनाथको दर्शन गर्ने तय भएको छ । तर उनीहरुको निजी भ्रमण रहेकाले खासै भेटघाट र अन्य कार्यक्रमहरु भने केही नरहेको जनाइएको छ ।

उनीहरु बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको र बिहान उनीहरुलाई परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले स्वागत गर्नेछिन् ।

मन्त्रालयले उनीहरु काठमाडौँ आएलगत्तै सुरुमा स्वयम्भु र त्यसपछि बौद्धनाथ दर्शन गर्न जानेछन् । त्यसपछि २ बजे काठमाडौँबाट थिम्पु फर्किने बताइएको छ ।

निजी भ्रमणका लागि काठमाडौँ आउने भएकाले कुनै औपचारिक कार्यक्रम नरहेको बताइएको छ । उनीहरु चार्टर फ्लाइटबाट थिम्पु फर्कने भएका हुन् । उनीहरु आज नै नयाँ दिल्ली पुगेका हुन् ।