२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री बेजिङको औपचारिक भ्रमणपछि हिमालय एअरलाइन्सबाट स्वदेश फिर्ता



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली, श्रीमती राधिका शाक्यसहित उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल चीनको राजधानी बेजिङको औपचारिक भ्रमण सम्पन्न गरी हिमालय एअरलाइन्सको ] Airbus 319 (Registration: 9N-AJK)  वायुयानबाट स्वदेश फर्कनुभएको छ ।

यस भ्रमणमा प्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार श्री विष्णु प्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक/विकास सल्लाहकार डा. युवराज खतिवडा, सासंदहरु, मुख्य सचिव  एक नारायण अर्याल, वरिष्ठ सरकारी अधिकारीहरु र विभिन्न उद्योग र व्यापारका प्रतिनिधिहरु संलग्न हुनुभयो ।

वायुयान आज बिहान ११:०४ बजे (चीनको स्थानीय समय) बेजिङ क्यापिटल इन्टरनेशनल एअरपोर्टबाट प्रस्थान गरी नेपाली समयानुसार १४:४८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको थियो ।

हिमालय एअरलाइन्सका अध्यक्ष झो एन्‍योंगले सम्माननीय प्रधानमन्त्री तथा प्रतिनिधिमण्डललाई वायुयानमा स्वागत गर्नुभएको थियो भने हिमालय एअरलाइन्स्का उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले वायुयानको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन पश्चात औपचारिक रूपमा स्वागत गर्नुभएको थियो ।

यस उच्चस्तरीय उडानको सफल व्यवस्थापनले हिमालय एअरलाइन्सको राष्ट्र सेवाप्रतिको समर्पण र देशको यस्ता महत्त्वपूर्र्ण उडान सफलतापूर्वक संचालन गर्न सक्ने क्षमताको पुष्टि गरेको छ । यसले एअरलाइन्स्लाई राष्ट्रका लागि भरपर्दो साझेदारको रूपमा आफूलाई स्थापित गरेको छ ।