८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

खसीबोका बिक्री हुन गाह्रो भो !

खसीबोका बिक्री हुन गाह्रो भो !
अ+ अ-

तनहुँ । चाडपर्व नजिकिएसँगै जिल्लाको विकट गाउँबाट सदरमुकाम दमौलीमा खसीबोका ल्याउने क्रम बढ्न थालेको छ । 

पछिल्लो समय दमौलीमा खसीबोका ल्याउने क्रम बढेपनि बिक्री हुन नसक्दा किसान चिन्तित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण यो वर्ष दमौली बजार सुनसान देखिएको किसान बताउँछन् । विगतमा दशैं आउनुभन्दा अघि नै खसीबोका खरिदबिक्रीका लागि भीड लाग्ने दमौली बजार यो वर्ष भने सुनसान देखिएको ऋषिङ गाउँपालिका–४ भिरकोटका किसान निमबहादुर सुनारले बताउनुभयो । 

गत वर्षको दशैंँमा खसीबोका बेचेर राम्रो आम्दानी गरेका सुनारले यसपाली बिक्री नभएको बताउनुभयो । “यो समय सबैभन्दा धेरै खसीबोका बिक्री हुने बेला हो”, उहाँले भन्नुभयो, “बिक्री नहुँदा पशुपालन किसान चिन्तित भएका छन् ।” विगतका वर्षमा खसीबोका किन्ने मान्छे गाउँमै पुग्ने गरे पनि यो वर्ष बिक्री नभएर शहर झारियो तैपनि किनबेच शून्य जस्तै रहेको खसीबोका व्यवसायी कृष्णबहादुर रानाभाटले बताउनुभयो । 

कोरोना भाइरसले गर्दा बजारमा चहलपहलमा कमी आउनुका साथै आम्दानी पनि कम भएकाले खसीबोका बिक्री हुन नसकेको अनुमान किसानको छ । 

ब्यास नगरपालिकाको कार्यालयले खसीबोका बिक्रीस्थलका लागि दमौलीस्थित पुरानो प्रशासन कार्यालयमा व्यवस्था मिलाइदिएको छ । उक्त स्थानमा दैनिक एक दर्जन बढी किसान तथा व्यवसायीले खसीबोका बिक्रीका लागि ल्याउने गरेका छन् । गत वर्ष तनहुँमा रु सात लाखको बिक्री गरे पनि यो वर्ष ५० प्रतिशत कममा झर्ने अनुमान गरिएको किसान बताउँछन् ।  

कोभिड–१९ कारण होटल, रेष्टुरेन्ट बन्द हुनु, भोजभतेर नहुनु, होमस्टेलगायत पर्यटन क्षेत्र ठप्प हुनुलगायत कारणले मासु खपत घट्दा यो समस्या आएको हुनसक्ने तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष वैकुण्ठनाथ मिश्रले बताउनुभयो । 

आम्दानी कम भएकाले दिनदिनै र हप्तैपिच्छे मासु खाने पनि खर्च कटाउन थालेकाले मासु व्यवसाय प्रभावित भएको हुन सक्ने उहाँको भनाइ छ । 

मासु व्यवसायी खुशी : किसानलाई खसीबोका बिक्री नभएर समस्या परे पनि दमौली बजारमा मासुको व्यवसाय गर्नेलाई भने फाइदा पुगेको छ । गाउँकै मूल्यमा बजारमा खसीबोका खरिद गर्न पाउँदा सजिलो भएको दमौलीका मासु व्यवसायीको भनाइ छ । 

आपूmले चाहेको मूल्यमा यही नै खसीबोका पाउन थालेपछि सो कार्यका लागि गाउँ जान छाडेको दमौलीस्थित केसी मासु पसलका सञ्चालक कृष्ण केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “खसीबोका खोज्न गाउँ–गाउँ डुल्नुपथ्र्यो । अहिले किसानले पसलमै गाउँको मूल्यमा ल्याइदिएपछि व्यवसाय सञ्चालनमा सहज भएको छ ।”