१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहिनन् सांसद सानु शिवा



अ+ अ-

काठमाडौं । सत्तारूढ नेकपाकी सांसद सानु शिवाको निधन भएको छ। सिनामंगलस्थित नेपाल मेडिकल कलेजमा उपचार क्रममा बुधबार निधन भएको अस्पतालले जनाएको छ।  

मुटुको समस्या भएकी साँसद शिवाको दुवै मिर्गौलाले २०६२/६३ देखि काम गर्न छाडेका थिए। उनले भारतमा पुगेर मिर्गौला प्रत्यारोपण गराएकी थिइन्।

इलामबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी शिवाको पाठेघरमा ट्युमर देखिएपछि शल्यक्रिया समेत गराएकी थिइन्। पछिल्लो समय उनको मुटुमा भल्भ राखिएको थियो। 

शिवा जनवादी गीत गाउँदै राजनीतिमा लागेकी थिइन्। दलित महिलाको उत्थान तथा लैङ्गिक विभेदविरूद्ध शिवाले आवाज उठाउँदै आएकी थिइन्।  उनको जन्म ताप्लेजुङको फुङलिङमा भएको थियो।