८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ढुंगामुढा, एक दर्जन घाइते

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ढुंगामुढा, एक दर्जन घाइते
अ+ अ-

काठमाडौं । हत्याको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही घेराउ गर्न पुगेको टोली र प्रहरीबीच झडप भएको छ।  कांग्रेस सांसद अमरेशकुमार सिंहसहितको टोली र प्रहरीबीच झडप भएको हो । झडपमा एक दर्जन प्रहरीसहित आन्दोलनकारीहरू घाइते भएका छन्। 

गत २२ गते सिसौट रामनगर गाउँपालिकामा टोल- टोलबीच ढुंगामुढा हुँदा ६५ वर्षीय महेन्द्र रामको हत्या भएको थियो। हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरिसके पनि आफन्तले अहिलेसम्म शव बुझेका छैनन्। 

बुधबार सिंहको नेतृत्वमा सयौं मानिस जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका थिए। त्यसक्रममा उनीहरूले जिल्ला प्रहरी कार्यालयमा ढुंगा प्रहार गर्दा सिसा फुटेका छन्।  

‘हाम्रो तर्फबाट भीड नियन्त्रण गर्न लाठी चार्ज भएको छ,’ प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रतास सिंहले भने। 

मृतकको शव अहिले वीरगन्जस्थित प्रादेशिक अस्पतालमा छ। आफन्तले १० लाख क्षतिपूर्तिसहित सहिद घोषणा गर्न मागिरहेका छन्। उनीहरूले घटनामा संलग्न नभएका मानिसलाई पनि पक्राउ गरी कारबाही गर्न माग गरिरहेको सिंहले बताए।