२५ असार २०८३, बिहीबार
,
Latest
चार विधेयकमाथि राष्ट्रियसभा समितिमा दफाबार छलफल नेपाल–नर्वे स्वास्थ्य सहकार्य थप सुदृढ बनाउन मन्त्री मेहता र नर्वेली राजदूतबीच छलफल बाल मन्दिरको रकम हिनामिना आरोपमा तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो इलामको माङसेबुङमा ६ विद्यालयको नयाँ भवन निर्माण अस्ट्रेलियाली युरेनियममा भारतको चासो कर्मचारीका लागि नयाँ आचारसंहिता जारी, कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा कडाइ चालु आर्थिक वर्षको ७८ प्रतिशत मात्र बजेट खर्च, पुँजीगत ४० प्रतिशतमा सिमित एक चीन नीतिप्रति दृढ रहन र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिन पूर्वप्रधानमन्त्री खनालको आग्रह निर्माण क्षेत्रका समस्या समाधानबारे प्रधानमन्त्रीले व्यवसायीसँग छलफल गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरको लगातार तेस्रो जित, पोखरा सात विकेटले पराजित



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले हराएको छ । यो सँगै जनकपुरले लगातार तेस्रो खेल जितेको छ भने पोखराको यो दोस्रो हार हो ।

त्रिवि क्रिकेट मैदानमा पोखराले जितको लागि दिएको १३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा पुरा गर्यो । जनकपुरको जितमा लाहिरु मालिन्थाले सर्वाधिक ४५ रन बनाए । जेम्स नीशाम ४० रन बनाउदै नटआउट रहे भने आसिफ शेखले ३३ र हर्स ठाकेरले १३ बनाए ।

बलिङतर्फ पोखराका विपिन खत्री, माइकल लिस्क र कुशल भुर्तेलले १/१ विकेट लिए ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनाएको थियो । पोखराका लागि मार्कस क्रिच्लेले सर्वाधिक ३५ रन बनाएका थिए । माइकल लिस्कले २५ रन जोड्दा एण्ड्रियस घोसले २०, रेमोनले १७ रन बनाए । कुशल भुर्तेलले ६ रन बनाउदा दिलीप नाथ ११ र दिनेश खरेल १० रनमा समेटिए ।

बलिङतर्फ ललित राजवंशीले ३ विकेट लिँदा जेम्स नीशमले २ विकेट तथा किशोर महतो र मोहम्मद मोसिनले १/१ विकेट लिए ।