काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्धयको छलफल सकिएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच अढाइ घण्टा लामो सम्वाद भएको स्रोतको दावि छ ।
कर्णालीमा नेकपामा देखिएको विवादबारे प्रधानमन्त्री ओलीसँग सम्वाद गर्न प्रचण्ड बिहान सवा नौ बजे बालुवाटार पुगेका थिए । दुई अध्यक्षबीच भएको छलफलमा ठोस् सहमति भने जुट्न सकेन ।
स्रोतका अनुसार कर्णालीका नेताहरुसँग बसेपछि मात्रै समाधानको विकल्पमा छलफल हुन्छ भएको छ ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपाको विवाद छताछुल्ल भएको छ ।