१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गता भएका व्यक्तिहरुको सन्दर्भमा प्रकाशित समाचारमा ४० प्रतिशतमा शब्दहरु अपाङ्गतामैत्री भएनः सर्वेक्षण



अ+ अ-

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरुको सन्दर्भमा प्रकाशित हुँदै आएका समाचार, लेख, रचनाहरुमा अपाङ्गतामैत्री शब्दहरुको प्रयोग नभएको सर्वेक्षणले देखाएको छ ।

बौद्धिक अपाङ्गता अभिभावक सङ्घले सन् २०२३ जनवरीदेखि डिसेम्बर महिनासम्म विभिन्न राष्ट्रिय दैनिकहरुलगायत सञ्चारमाध्यममा प्रकाशित–प्रशारित समाचार र लेख रचनाहरुको सम्बन्धमा गरेको अनुगमन सर्वेक्षण रिपोर्टमा झण्डै आधा अर्थात् ४० प्रतिशतमा शब्दहरु अपाङ्गतामैत्री नभएको पाइएको जनाएको छ ।

६० प्रतिशत अपाङ्गतामैत्री शब्दहरुको प्रयोग भएको सर्वेक्षणले देखाएको छ । सो सङ्घद्वारा बुधबार काठमाडौँमा “मानव अधिकार र अपाङ्गतामैत्री सञ्चार नीतिको दृष्टिकोणबाट राष्ट्रिय स्तरको मिडियामा प्रकासित बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु सम्बन्धी समाचार रिपोर्ट” आयोजना गरेर यसबारे जानकारी गराइएको हो ।

विष्णु बिडारीले उक्त रिपोर्टबारे जानकारी दिँदै अपाङ्गता भएका व्यक्तिबारे लेखिने सामाचारमध्ये ४२ प्रतिशत शिक्षा सम्बन्धी रहेको, ५३ प्रतिशत दयाभावका र ४७ प्रतिशत अधिकारको माग सम्बन्धमा प्रकाशित भएको उल्लेख गरे ।

यस्तै, बौद्धिक अपाङ्गता अभिभावक सङ्घका अध्यक्ष राजु बस्नेतले अपाङ्गताको सम्बन्धमा प्रकाशित समाचारमा अपाङ्गतामैत्री शब्दावली नपर्नुमा यस सम्बन्धमा अझै पनि बुझाउनुपर्ने दायित्व कायमै रहेको बताए ।

समाजमा पछाडि पारिएको वर्गबारे समाचार, लेख रचना लेखेर समाजलाई सुसुचित पार्ने जमर्को गर्ने सञ्चारकर्मी र सञ्चारमाध्यमका जिम्मेवार व्यक्तित्वहरुलाई अपाङ्गतामैत्री शब्दावलीबारे बुझाउने सम्वन्धमा सरोकारवाला निकायहरु सकारात्मक रहेको उनको भनाई छ ।

इन्डिपेन्डेट लिभिङ सेन्टरका अध्यक्ष एवं अपाङ्गता अधिकारकर्मी भोजराज श्रेष्ठले प्रस्तुत गरिएको रिपोर्टबाट अपाङ्गताको क्षेत्रमा हालसम्म प्राप्त उपलब्धीका लागि सञ्चारमाध्यमको विशेष सहयोग रहेको भन्दै अपाङ्गताभित्रको विविधतासँग सम्बन्धित शब्दावलीहरु कुन प्रयोग गर्ने कुन नगर्नेबारे सचेनात्मक कार्यक्रमको अझै पनि आवश्यकता रहेको देखिएको बताए ।

नेपाल नेत्रहिन सङ्घका अध्यक्ष शिशिर खनालले अपाङ्गता भएका व्यक्तिले पनि शिक्षा, सिपको अवसर पाए अन्य व्यक्ति सरह नै काम गर्न सक्छन् भन्ने स्मरण गराउँदै उनीहरुलाई अपाङ्गताकै कारण फरक नदेख्न आग्रह गर्दै सम्माजनक शब्दले सम्बोधन गर्न र लेख्न सुझाव दिए ।

अपाङ्गता अधिकारकर्मी किरण सिल्पकारले यस क्षेत्रमा विगतमा भन्दा धेरै राम्रा अभ्यास र प्रयास भइरहेको जनाउँदै अपाङ्गता अधिकारको सवालसँगै अपाङ्गता सञ्चार संहिता र शब्दावलीबारे पनि बुझाउनुपर्ने बताए ।

विभिन्न सरोकारवालाहरु तथा सञ्चारकर्मीहरुको उपस्थित रहेको कार्यक्रममा विचार–विमर्श आदानप्रदान गरिएको थियो ।