१८ असार २०८३, बिहीबार
,
Latest
रूपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

माेबाइल र मेमाेरी कार्डकाे अबैध व्यापार, २ फर्मले ८५ कराेड राजश्व छलेकाे भन्दै मुद्दा दायर



अ+ अ-

काठमाडाैंः राजश्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी गरेका मालवस्तुहरुको भुक्तानीका लागि गैर कानूनी रुपमा विदेशी मुद्रा विदेश पठाई विदेशी विनिमय अपचलन गर्ने जे.एस.एस. मोबाईल कलेक्सन एण्ड सर्भिसेज प्रा.लि. र श्याम इम्पेक्सका संचालक मोहन वंशल र गोविन्द वंशललाई रु. ८५ कराेड ९५ लाख २२ हजार ७२७ विगो असुल उपर गरी विगोको तीन गुणासम्म जरिवाना र ३ वर्षसम्म कैद साजय समेत मागदावी गरी काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको जनाएकाे छ।

विभागले जे.एस.एस. र श्याम इम्पेक्सका संचालकहरु मोहन वंशल र गोविन्द वंशलले विदेशमा निर्मित मोवाईल, मेमोरी कार्ड लगायतका मालवस्तुहरु पटक पटक भन्सार नतिरी चोरी पैठारी गरि अवैध रुपमा ल्याई बिक्री बितरण गरेको जनाएकाे छ ।

निकासी पैठारी गर्ने फर्मले मालवस्तुको निकासी वा पैठारी गर्दा अनिवार्य भन्सार विन्दुमा मालवस्तुको घोषणा गर्ने र लाग्ने महशुल भुक्तानी गरी निकासी/पैठारी गर्नुपर्ने कानूनी व्यवस्थाको विपरीत कार्य गरेको पनि विभागकाे भनाइ छ ।

यस्ता मालवस्तु तेश्रो मुलुकबाट नेपाल सरहदभित्र ल्याउँदा विदेशी मुद्रा भुक्तानी नगरी ल्याउन नसकिने देखिँदा ठुलो मात्रामा विदेशी मुद्रा गैरकानुनी तवरले विदेश पठाई विदेशी विनिमय अपचलन गरेको विभागकाे अनुसन्धानबाट खुलेकाे छ ।

विभागले दुबै फर्ममाथि विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७(१) बमोजिम असुल उपर गर्न र निज प्रतिवादीहरुलाइ विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७ (१), वमोजिम वीगोको तीन गुणासम्म सजाय र दफा १७(८) र तथा १७(९) बमोजिम ३ वर्षसम्म कैद सजाय समेत हुन माग दावी गरी काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको जनाएकाे छ ।