२२ मंसिर २०८२, सोमबार
,
Latest
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः लोकेशको आक्रामक ब्याटिङमा विराटनगरले लुम्बिनीलाई हरायो



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को सातौँ खेलमा विराटनगर किंग्सले जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले हराएको हो । लुम्बिनीले दिएको १९२ रनको विशाल लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।

विराटनगरलाई जित दिलाउन क्रिस सोलले महत्वपूर्ण भूमिका खेले । उनी ४ बलमा १४ रन बनाउँदै अविजित रहे । उनले २ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, ओपनर लोकेश बमले ४७ बलमा ७१ रनको अर्धशतकीय पारी खेले । उनले ६ छक्का र ३ चौका प्रहार गरे । यस्तै, बसिर अहमदले ४० तथा मार्टिन गप्टीलले २८ रनको योगदान दिए । बलिङतर्फ लुम्बिनीका दुर्गेश गुप्ताले ३, रेमन सिमोन्ड्स र साद बिन जफरले २–२ तथा विवेक यादवले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९१ रन बनायो ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा दुई छक्का र चार चौका प्रहार गर्दै ४६ रन बनाएका हुन् । यस्तै, टम मूर्सले ३०, विवेक यादवले १९, अर्जुन साउदले १७ रनको योगदान लिए ।

लुम्बिनीका लागि आशुतोष घिरैया र साद बिन जफरले समान १५/१५ रन, सन्दीप जोराले १२, बेन कटिङले छ र रामोन सिमन्ड्सले दुई रन बनाए । लुम्बिनीले अतिरिक्त २९ रन पाएको छ ।

विराटनगरका लागि सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले समान एक–एक विकेट लिए । प्रतियोगितामा पहिलो खेल खेलेको लुम्बिनीले हारबाट एनपिएलको सुरुवात गरेको छ भने यसअघिका दुई खेलमा हार ब्यहोरेको विराटनगरले खाता खोलेको छ ।