२७ पुष २०८१, शनिबार
,
Latest
राप्रपाको चियापानमा ओली, देउवा, नेपाल लगायतका नेताहरु सहभागी खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न फेरि राष्ट्र बैंकको निर्देशन जुम्लामा ८,८२९ छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने ढोरपाटन नगरप्रमुख देव कुमार नेपाली र इमेज सहकारीपीडित ५४७ बीच मेलमिलाप म्याग्दीको राहुघाट जलविद्युतको ‘स्विचयार्ड’ निर्माण सुरू प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण-फोटो फिचर पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाहपञ्चमीः जानकी मन्दिरमा १०८ मिटरको चुनरी चढाइयो



अ+ अ-

जनकपुर । जनकपुरधामको सीताराम गौशालाले १०८ मिटरको चुनरी जानकी मातालाई अर्पण गरेको छ ।

सीताराम गौशालाद्वारा चढाइएको सो चुनरी सुरतको जिनमाता ट्रष्टले उपलब्ध गराएको हो ।

रामजानकीको तिलक भन्दा पूर्व सीताराम गौशालाका अध्यक्ष मनोज रुगंटाको नेतृत्वमा बुझाइएको सो चुनरीलाई लिएर सयौँ भक्तजन जानकी मन्दिरमा पुगेका थिए । मन्दिर पुग्नुपूर्व चुनरीलाई लिएर नगर परिक्रमा गरिएको थियो । चुनरीसहित परिक्रमा भइरहेको बेला स्थानीयवासी चुनरी माथि फूल वर्षाएका थिए । एकातिर जानकी माता र भगवान रामको तिलक भइरहेको छ भने अर्कोतर्फ चुनरी कार्यक्रमले विवाहपञ्चमी उत्सवकै रौनकता थपेको जानकी मन्दिरका पुजारी रामतपेश्वर दास वैष्णवले बताउनु भयो ।

सो कार्यक्रममा पूर्वमन्त्री एवं सांसद जुली महतो लगायत विभिन्न राजनीतिकर्मीहरुको पनि सहभागिता रहेको थियो ।