१४ श्रावण २०८३, बिहीबार
,
Latest
माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई गुठी समस्या समाधान र बाँदर नियन्त्रणका लागि तत्काल कानून निर्माण गर्न सरकारसँग माग सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय सुनसरीको देवानगञ्ज झडप प्रकरणः प्रहरी दमन र सरकारी कमजोरीबारे एमाले सांसद बरालद्वारा सदनको ध्यानाकर्षण प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानका राजा शुक्रबार काठमाडौं आउँदै



अ+ अ-

काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक मंसिर २१ गते काठमाडौं आउने भएका छन् ।

वाङचुक शुक्रबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने र सोहि दिन फर्किने बताईएको छ । विहीबारदेखि भारतको औपचारिक भ्रमणपछि फर्कने क्रममा वाङचुक ट्रान्जिटका लागि एक घण्टा नेपालमा रहने बताइएको हो ।

भुटानी राजा काठमाडौं विमानस्थलमा रोकिने भएपछि काठमाडौंमा आवश्यक सुरक्षा तयारी अघि बढाइएको छ । यसक्रममा उनको कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको भुटानी राजाको भ्रमण तालिका अनुसार वाङचुक ९ः१० बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने रसोही दिन ११ः३० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ । त्यसपछि भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेट्ने र शुक्रबार बिहान ८ बजे भारतबाट फिर्ता हुने तालिका छ ।

 




भर्खरै