३० असार २०८३, मंगलवार
,
Latest
नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ? समयमै उपचार नपाउँदा सर्पदंशका बिरामीले गुमाउँदै छन् ज्यान नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नवनियुक्त प्रतिनिधि हरि दासद्वारा परराष्ट्रमन्त्रीसमक्ष ओहदाको प्रमाणपत्र पेश सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि ‘कोशेढुंगा’: निर्माण व्यवसायी महासंघ सञ्चार गृह अगाडिको घटनामा छानबिन र कारबाही हुनुपर्छः सभापति लामिछाने पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित पूर्वसचिव डा जोशीको निधन मधेस प्रदेशसभा बैठकः प्रदेश विनियोजन विधेयकमाथि छलफल विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एसिया कपः अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जित



अ+ अ-

काठमाडौं । यूएईमा जारी यू–१९ एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई हराएको छ । अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य नेपालले ४३.३ ओभरमा ९ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन बनाए । यस्तै, कप्तान हेमन्त धामी २२ रनमा अविजित रहे भने अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३, आकाश त्रिपाठी र रोशन विश्वकर्माले ९–९ रन जोडे ।

नरेन र हेमन्तको संयमित ब्याटिङले नै नेपाल विजयी बन्यो । ८४ रनमा आठौं विकेट गुमाएको नेपालको इनिङलाई हेमन्त र नरेनले धानेका थिए । उनीहरुले नवौं विकेटका लागि ३१ रनको साझेदारी गरे ।

बलिङमा अफगानिस्तानका अल्लाह गजन्फर र खातिर स्टानिकजाईले ३–३ लिए ।

त्यसअघि टस जितेर पहिले बलिङ रोजेको अफगानिस्तानले ३५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय २३ रनको योगफल बनायो ।

अफगानिस्तानका लागि फैसल खानले सर्वाधिक ५२ रन जोडे । उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै खातीर खानले २६ बलमा १५ जोडे । अल्लाह गजान्फरले ११ तथा नासिर खानले १० रन जोडे ।

नेपालका लागि युनिश विक्रम सिंह ठकुरी र सन्तोष यादवले समान ३ तथा हेमन्त धामी, अभिषेक तिवारीले समान २ विकेट लिए । नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।