८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

दशैँ, तिहार आएसँगै गाउँका सडक खुलाइँदै

दशैँ, तिहार आएसँगै गाउँका सडक खुलाइँदै
अ+ अ-

डोटी । गएको असार साउन महिनामा आएको अभिरल वर्षात्का कारण बिग्रेका जिल्लाका ग्रामीण क्षेत्रका सडक सुचारु गर्न थालिएको छ । दशैँ, तिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिसँगै वर्षात्ले बन्द भएका स्थानीय तहका दजनौँ सडक अहिले धमाधम खोलिन थालिएको छ । वर्षात्ले पहिरो आउँदा हिलाम्मे हुनुका साथै ठाउँठाउँमा बन्द भएका यहाँका ग्रामीण क्षेत्रका सडक सुचारु गरिन थालेपछि स्थानीयवासी खुशी भएका छन् । असार–साउनको भारी वर्षात्सँगै खसेका पहिराका कारण जिल्लाको मौवा, मेल्लेक, केआइसिंह, वाइल, कपल्लेकी, जोरायल गड्सेरा, मुडभारा धुर्कोट, सायल, चवराचौतारा सडक अवरुद्ध हुनुका साथै कतिपय सडक त बन्द नै भएका थिए । 

त्यसैगरी ठाउँठाउँमा पहिरा खस्दा कतिपय यहाँका सडक तीन महिनादेखि बन्द भएका छन् । वर्षात्का कारण बन्द भएका ग्रामीण सडक खुलाउन अहिले सम्बन्धित स्थानीय तहले डोजर प्रयोग गरी एकै साथ सुचारु गराउन थालेको जोरायल गाउँपालिका–१ गैराका वडासदस्य छपेशबहादुर मल्लले बताए । उनले भने, “वर्षात्ले कतिपय स्थानीय तहका सडक तीन महिनादेखि बन्द भएका थिए, अहिले वर्षात् बन्द भएको तथा दशैँ, तिहार शुरु भएसँगै सुचारु गराउन थालेका छौँ ।” यहाँका गाउँघरमा दशैँको क्रमिकरुपमा चहलप पहल शुरु हुन थालेको छ । यहाँका स्थानीयवासी दशैँका लागि घर लिपपोत गर्नेदेखि अन्य किनमेलका काममा पनि व्यस्त हुने गरेको शिखर नगरपालिका–३ का स्थानीयवासी लोकबहादुर बलायरले बताए । शहरभन्दा पनि गाउँमा दशैँको चहलपहल शुरु भएकाले यातायातका साधन सञ्चालनका लागि बन्द भएका सडकमा डोजर लगाएर बाटो खुलाउन थालिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । 

उनले भने, “गाउँका सडक बन्द भएकाले नागरिकलाई सास्ती भएको थियो, दशैँ पनि आउन थालेका कारण नागरिकको सहजताका लागि भए पनि सडक खुलाउन थालेका छौँ ।” जथाभावी डोजर प्रयोग गरेर खनिएका जिल्लाका दजनौँ ग्रामीण सडकमा बर्सेनि असार, साउनमा पानी पर्दा सडक हिलाम्मे हुनाको साथै लिक बिग्रिएर सवारीसाधन गुड्नसमेत बन्द हुँदै आएका छन् । यहाँका ग्रामीण सडकमा बर्सेनि वर्षात् शुरु हुनासाथ पहिरा खस्ने र यातायात सञ्चालनमा समस्या आउने गरेको चालक बताउँछन् । गाउँपालिका, वडा कार्यालय, जिल्ला समन्वय समिति, निर्वाचन पूर्वाधार क्षेत्र विकासको रकमले यहाँका ग्रामीण भेगमा उपभोक्ता समितिमार्फत मनपरि खनिएका सडकमा पहिरो आउँदा अवरुद्ध बन्नेको शिखर नगरपालिका–१ कपल्लेकीका स्थानीयवासी शङ्कर नेपालीले बताए । उनले भने, “कार्यकर्ताका माग पूरा गर्न खनिएका सडक वर्षमा जम्मा छ÷सात महिना मात्रै चल्छन्, अरु महिना त बन्द हुन्छन्, सुधार गर्न कसैले पहल चालेका छैनन् ।”

जथाभावी खनिएका यहाँका ग्रामीण सडकमा ग्रेड नमिल्ने, उकालो हुने, साँघुरो हुने तथा कटिङ नपुग्ने गरेको शैलेश्वरी यातायात प्रालिका गाडी चालक मदन लुहारको आरोप छ । यहाँका अधिकांश ग्रामीण (कच्ची सडक) मा हिउँदका छ महिनामात्रै सवारी साधन सञ्चालन गर्न मिल्ने तथा हल्का वर्षात् शुरु हुनासाथ ग्रामीण भेगको यात्रा पैदलमय हुने शैलेस्वरी यातायात प्रालि दिपायलका प्रमुख प्रेमबहादुर रावलले बताए । उनले भने, “बाटो लैजाने नाममा जथाभावी डोजर लगाएर खनेका सडकमा पानी परेपछि पहिरो खस्ने, हिलाम्मे हुन्छन् ।” यतिमात्र नभई यहाँका अधिकांश ग्रामीण सडकमा सवारी साधन चलाउन अति जोखिममा रहेका छन् । बिना मापदण्ड निर्माण गरिएका यहाँका ग्रामीण सडकमा दर्जनौँ सवारी दुर्घटना हुँदासमेत सडकको स्तरोन्नतिका लागि खासै पहल हुन नसकेको स्थानीयवासीको गुनासो रहेको छ ।