२२ मंसिर २०८२, सोमबार
,
Latest
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेञ्जर्स र चितवन राइनोजले प्रतिस्पर्धा गरिरहेका छन् । यसैबीच चितवनले पोखरालाई १६२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ७ विकेटको क्षतिमा १६१ रन जोड्यो ।

उसका लागि रवि वोपाराले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा ५१ रन जोडे । यस्तै, कुशल मल्लले २३ बलमा ३८ रन जोडे भने लुक मार्टिन बेनकेन्स्टाइनले १६, हसन इसाखिलले १४ रन जोडे । अमर रौतेला १३ र शरद भेषवाकर ११ रनमा अविजित रहे ।

बलिङतर्फ पोखराका विपिन खत्री, बास डि लिडे र रेमन राइफरले २–२ विकेट लिए भने सागर ढकालले १ विकेट लिए ।

जारी प्रतियोगितामा पोखरा एभेञ्जर्सको यो पहिलो खेल हो । सोमबार काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गरेको चितवन राइनोज आज दोस्रो जितको खोजीमा छ ।