१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

२८ हजार ५ सय मेगावट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यकः कुलमान घिसिङ

२८ हजार ५ सय मेगावट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यकः कुलमान घिसिङ
file photo
अ अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २८ हजार ५ सय मेगावट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो ।

उहाँले प्राधिकरणले केही समयको लागि आरोआर र पिआरोआरका आयोजनाहरु पीपीएमा स्थगित भएपनि २८ हजार ५ सय मेगावटको लक्ष्य पूरा गर्न पीपीए फेरि खोल्नुपर्ने बताउनु भयो । उहाँले बजारलाई बन्द गरेर मात्रै नयाँ आयोजनाहरु आउनसक्ने बताउनु भयो । उहाँले प्राधिकरणले केही जोखिम लिन नसके अन्य थप आयोजनाहरु आउँन नसक्ने बताउनु भयो ।

उहाँले १२ हजार मेगावटको पीपीए सम्झौतामा हस्ताक्षर गरेपनि १२ हजारकै आयोजनाहरु आउन नसक्ने बताउनु भयो । उहाँले ६० देखि ७० प्रतिशत पीपीए गरेका आयोजनाहरु आए त्यसले सरकारलाई ठूलो सहयोग पुग्ने बताउनु भयो । कार्यकारी निर्देशक घिसिङले २८ हजार मेगावटको पीपीएमा वैदेशिक लगानी,प्राधिकरणले गर्ने,रिजर्भर आयोजनाहरु र सोलार पनि समावेश गरिएको बताउनु भयो ।

उहाँले सोलार उत्पादनको लागि प्राधिकरणले करिव ८ सय मेगावटको माग गर्दा ३६ सय मेगावटको प्रश्ताव आएको बताउनु भयो । उहाँले विद्युत प्राधिकरणले सोलारलाई जलविद्युतलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले सुख्खा समयमा प्राधिकरणले विद्युत माग पूरा गर्न नसक्ने अवस्था रहेको बताउनु भयो । उहाँले प्राधिकरणले २०० मेगावटका सोलार आयोजना अगाडि बढाएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ प्राधिकरणले केही समयको लागि आरोआर र पिआरोआरको प्रोजेक्टहरुको पीपीएमा केही स्थगन गरेको अवस्था हो । कोटा पूरा गरेर बसेका छौं । २८ हजार ५ सय मेगावटको लक्ष्य खुला भएपछि पीपीएमा फेरि पनि खोल्नुपर्ने छ । हामी अगाडी बढाउँछौ । बजारलाई बन्द गरेर बसेर आयोजनाहरु आउँदैन भन्ने अवस्था हेर्नुपर्छ । प्राधिकरणले केही जोखिम लिएन भने आयोजनाहरु आउँदैनन् । १२ हजार मेगावटको पीपीए सम्झौतामा हस्ताक्षर गरेपनि १२ हजार नै आउँछ भन्ने छैन ।

धेरै आयोजनाहरुको टेक्नीकल समस्याहरु आउँछन् । ६० देखि ७० प्रतिशत पीपीए गरेका आयोजनाहरु आए भने पनि त्यसले ठूलो सहयोग गर्छ । २८ हजार मेगावटको पीपीएमा वैदेशिक लगानी,प्राधिकरणले गर्ने ,रिर्जभवर आयोजनाहरु र सोलार पनि त्यसैभित्र राखेका छौ । प्राधिकरणले करिव ८ सय मेगावटको माग गर्दा ३६ सय मेगावटको प्रश्ताव आएको छ । विद्युत प्राधिकरणले सोलारलाई जलविद्युतलाई प्राथमिकता दिने गरेको थिएन तर अहिले प्राथमिकता दिनुपर्ने अवस्था छ । सुख्खा समयमा प्राधिकरणले विद्युत माग पूरा गर्न सक्दैन ।

एक-दुई वर्षभित्रै तर सोलारबाट हामीले ९६० मेगावटको एलओआई दिएका छौं । २०० मेगावटका सोलार अगाडि बढाएको अवस्था छ । १२ सय मेगावटको सोलार उत्पादन हुँदा सुख्खा समयमा विद्युत माग पूरा गर्न समस्या हुँदैन ।

भारतबाट दिउँसो मात्रै विद्युत आयात गर्न अनुमति छ । बेलुकाको पिकिङ समयमा आयात गर्न दिँदैन । राती र दिउँसो मात्रै विद्युत आयात गर्न सहमति भएको छ । जलविद्युतमा भारत,बंगलादेशसम्म खुला भएको अवस्थामा विद्युत प्राधिकरणले जोखिम लिएको छ । बजारको जोखिम लिएका छौं ।’

उहाँले जलविद्युत क्षेत्रका समस्या समाधान गर्नेगरी नीतिहरुलाई सहजिकरण गर्ने तयारीमा प्राधिकरण लागेको बताउनु भयो । उहाँले निजी क्षेत्र वा लगानीकर्तालाई मात्रै जोखिममा पार्ने नभई सरकारले पनि जोखिम बहन गर्नेगरी नीतिहरु परिमार्जन गर्न लागिएको बताउनु भयो । उहाँले नेपालको जलविद्युत क्षेत्रको विकासलाई बिस्तार गर्नको लागि सरकार अगाडि बढ्नुपर्ने बताउनु भयो । नेपालमा २८ हजार मेगावटको पीपीए भयो भने आरोरा र पीआरोआर आयोजना ३० हजार भन्दा बढी आउने नदेखिएको बताउनु भयो ।