२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.14

Wind: 2.06

Humidity: 53

Latest
इजिप्ट, फ्रान्स र जोर्डनद्वारा गाजामा तत्काल युद्धविराम गर्न माग सांकेतिकताको कुटनीति: सन्तुलन कि अलमल ? धुम्मियो काठमाडौं, तीन दिन पानी पर्ने सम्भावना, प्रदूषणबाट मिल्ला त राहत ? काठमाडौंमा आज राप्रपा, शिक्षक र सहकारीपीडितको प्रदर्शन, कुन–कुन स्थानमा हुँदैछ ट्राफिक अबरुद्ध ? आज पनि काठमाडौं विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान ‘पोखरा–छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’ क्यान्सरपीडितको उपचारमा मर्क्यूर काठमाडौँको सहयोग निर्माणाधीन एसियाली राजमार्गको प्रदूषण नियन्त्रण गर्न माग राप्रपाले आज गर्ने प्रदर्शन सीसी क्यामेरा र ड्रोनबाट निगरानी गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

२८ हजार ५ सय मेगावट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यकः कुलमान घिसिङ



file photo
अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २८ हजार ५ सय मेगावट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो ।

उहाँले प्राधिकरणले केही समयको लागि आरोआर र पिआरोआरका आयोजनाहरु पीपीएमा स्थगित भएपनि २८ हजार ५ सय मेगावटको लक्ष्य पूरा गर्न पीपीए फेरि खोल्नुपर्ने बताउनु भयो । उहाँले बजारलाई बन्द गरेर मात्रै नयाँ आयोजनाहरु आउनसक्ने बताउनु भयो । उहाँले प्राधिकरणले केही जोखिम लिन नसके अन्य थप आयोजनाहरु आउँन नसक्ने बताउनु भयो ।

उहाँले १२ हजार मेगावटको पीपीए सम्झौतामा हस्ताक्षर गरेपनि १२ हजारकै आयोजनाहरु आउन नसक्ने बताउनु भयो । उहाँले ६० देखि ७० प्रतिशत पीपीए गरेका आयोजनाहरु आए त्यसले सरकारलाई ठूलो सहयोग पुग्ने बताउनु भयो । कार्यकारी निर्देशक घिसिङले २८ हजार मेगावटको पीपीएमा वैदेशिक लगानी,प्राधिकरणले गर्ने,रिजर्भर आयोजनाहरु र सोलार पनि समावेश गरिएको बताउनु भयो ।

उहाँले सोलार उत्पादनको लागि प्राधिकरणले करिव ८ सय मेगावटको माग गर्दा ३६ सय मेगावटको प्रश्ताव आएको बताउनु भयो । उहाँले विद्युत प्राधिकरणले सोलारलाई जलविद्युतलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले सुख्खा समयमा प्राधिकरणले विद्युत माग पूरा गर्न नसक्ने अवस्था रहेको बताउनु भयो । उहाँले प्राधिकरणले २०० मेगावटका सोलार आयोजना अगाडि बढाएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ प्राधिकरणले केही समयको लागि आरोआर र पिआरोआरको प्रोजेक्टहरुको पीपीएमा केही स्थगन गरेको अवस्था हो । कोटा पूरा गरेर बसेका छौं । २८ हजार ५ सय मेगावटको लक्ष्य खुला भएपछि पीपीएमा फेरि पनि खोल्नुपर्ने छ । हामी अगाडी बढाउँछौ । बजारलाई बन्द गरेर बसेर आयोजनाहरु आउँदैन भन्ने अवस्था हेर्नुपर्छ । प्राधिकरणले केही जोखिम लिएन भने आयोजनाहरु आउँदैनन् । १२ हजार मेगावटको पीपीए सम्झौतामा हस्ताक्षर गरेपनि १२ हजार नै आउँछ भन्ने छैन ।

धेरै आयोजनाहरुको टेक्नीकल समस्याहरु आउँछन् । ६० देखि ७० प्रतिशत पीपीए गरेका आयोजनाहरु आए भने पनि त्यसले ठूलो सहयोग गर्छ । २८ हजार मेगावटको पीपीएमा वैदेशिक लगानी,प्राधिकरणले गर्ने ,रिर्जभवर आयोजनाहरु र सोलार पनि त्यसैभित्र राखेका छौ । प्राधिकरणले करिव ८ सय मेगावटको माग गर्दा ३६ सय मेगावटको प्रश्ताव आएको छ । विद्युत प्राधिकरणले सोलारलाई जलविद्युतलाई प्राथमिकता दिने गरेको थिएन तर अहिले प्राथमिकता दिनुपर्ने अवस्था छ । सुख्खा समयमा प्राधिकरणले विद्युत माग पूरा गर्न सक्दैन ।

एक-दुई वर्षभित्रै तर सोलारबाट हामीले ९६० मेगावटको एलओआई दिएका छौं । २०० मेगावटका सोलार अगाडि बढाएको अवस्था छ । १२ सय मेगावटको सोलार उत्पादन हुँदा सुख्खा समयमा विद्युत माग पूरा गर्न समस्या हुँदैन ।

भारतबाट दिउँसो मात्रै विद्युत आयात गर्न अनुमति छ । बेलुकाको पिकिङ समयमा आयात गर्न दिँदैन । राती र दिउँसो मात्रै विद्युत आयात गर्न सहमति भएको छ । जलविद्युतमा भारत,बंगलादेशसम्म खुला भएको अवस्थामा विद्युत प्राधिकरणले जोखिम लिएको छ । बजारको जोखिम लिएका छौं ।’

उहाँले जलविद्युत क्षेत्रका समस्या समाधान गर्नेगरी नीतिहरुलाई सहजिकरण गर्ने तयारीमा प्राधिकरण लागेको बताउनु भयो । उहाँले निजी क्षेत्र वा लगानीकर्तालाई मात्रै जोखिममा पार्ने नभई सरकारले पनि जोखिम बहन गर्नेगरी नीतिहरु परिमार्जन गर्न लागिएको बताउनु भयो । उहाँले नेपालको जलविद्युत क्षेत्रको विकासलाई बिस्तार गर्नको लागि सरकार अगाडि बढ्नुपर्ने बताउनु भयो । नेपालमा २८ हजार मेगावटको पीपीए भयो भने आरोरा र पीआरोआर आयोजना ३० हजार भन्दा बढी आउने नदेखिएको बताउनु भयो ।