१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दरबारमार्गमा काठमाडौं महानगरको फुटपाथ बिस्तार–फोटोफिचर



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले फुटपाथ बिस्तार कार्यक्रमअन्तर्गत दरबारमार्ग क्षेत्रमा काम तिब्रताका साथ अघि बढाएको छ ।

फुटपाथ बिस्तारअन्तर्गत महानगरले ढल व्यवस्थापन, विद्युतीय तार भूमिगत गर्ने र बोटबिरुवा संरक्षणका काम गरिरहेको हो । प्रमुख व्यापारिक केन्द्र दरबारमार्गमा फुटपाथ साँघुरो हुँदा सर्वसाधारणलाई हिँड्न समेत सास्ती हुने गरेको थियो ।

महानगरपालिकाले महानगरभित्रका प्रमुख व्यापारिक केन्द्रहरुमा पुटपाथ बिस्तार गर्दै आएको छ । केही समयअघि महानगरपालिकाले न्युरोड लगायतका क्षेत्रमा पनि फुटपाथ बिस्तार गरेको थियो ।

आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकार अनुप प्रधानले कैद गर्नुभएका काठमाडौं दरबारमार्गको फुटपाथ बिस्तारका केही तस्बिरहरु ।