काठमाडौँ । काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा रहेको एक घरमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । विष्फोटमा परि ४ जना घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।
घाइतेहरुको खुट्टामा पोलेको र उनीहरुको सोह्रखुट्टेस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।











