२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै



फाईल फोटो
अ+ अ-

काठमाडौं । अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल आउने हुनु भएको छ ।

दक्षिण एसियाको भ्रमणमा निस्कन लाग्नुभएका लुले डिसेम्बर ३ देखि १० तारिखसम्म भारत, श्रीलंका र नेपालको भ्रमण गर्नुहुने स्टेट डिपार्टमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। लुले नेपालको भ्रमण डिसेम्बरको दोस्रो साता (मंसिरको अन्तिम साता ) गर्नुहुने बिज्ञप्तिमा उल्लेख छ ।

भ्रमणको क्रममा उहाँले नेपालका शीर्ष नेताहरूसँग वातावरण संरक्षण सम्बन्धी उच्चस्तरीय सहकार्य बैठक, महिला सशक्तिकरण ,दिगो विकास लगायतका विषयमा छलफल गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ।

उक्त भ्रमणको अवसरमा नेपाली युवा नेताहरूसँग नेपाल अमेरिका सम्बन्धको विविध पक्षबारे छलफल गर्नुहुने उल्लेख गरिएको छ।

नेपालको सांस्कृतिक सम्पदाको संरक्षणको महत्त्व ,पर्यटन तथा आर्थिक विकासका लागि सम्पदाको संरक्षण महत्त्वपूर्ण कोस ढुङ्गा हुने मनन गर्दै त्यसमा छलफल गरिने जनाएको छ।

उहाँको भ्रमणले दक्षिण एसियाली क्षेत्रको पारस्परिक सम्बन्ध मजबुत हुने ,समृद्धि र सुरक्षणको लागि महत्त्वपूर्ण हुने उल्लेख गरिएको छ।