काठमाडौं । काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा रहेको एक घरमा ग्याँस सिलिण्डर विष्फोटमा परी ११ जना घाइते भएका छन् । बिहीबार दिउँसो एलपीजी ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका हुन् ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठोरका अनुसार फलफूल चोकमा रहेको नीलकुमारी क्षत्रीको घरमा ग्यास पड्किएर विष्फोट भएको हो । ग्यास विस्फोटपछि आगलागी हुँदा प्रहरी र दमकलले आगो निभाइसकेको छ ।
घाइतेहरुको अहिले पिपुल्स र मनमोहन अस्पतालमा उपचार भइरहेको एसएसपी राठौरले जानकारी दिए । एकैसाथ चार सिलिन्डर विस्फोट हुँदा वरीपरिका घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।










