काठमाडौं । काठमाडौं उपत्यकामा १ हजार ९ सय ३५ जना कोरोनाका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा १६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जना रहेका छन् ।
योसहित उपत्यकामा संक्रमितको संख्या ४९ हजार ८ सय ३५ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।











