५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेर्नुहोस, कस्ता सपना देख्दा के फल प्राप्त हुन्छ ?



अ+ अ-

मानिसहरु सपना देखेको आधारमा योजना बनाउँछन् । मानिसका मनमा अनेकन योजना हुन्छन् र भविष्य बनाएका हुन्छन् । अर्थात् कतिपयको यस्तो भनाई पाइन्छ कि कुनै वस्तुको प्राप्तिमा लागेको व्यक्तिले बिपनामा यस्तो प्राप्त गर्न सकेन भने त्यसले सपना देख्छ र पूरा गर्छ पनि भनिएको छ । त्यसैले मानिसहरु ‘यस्तो या उस्तो सपना नदेखे हुन्छ’ भनेर पनि कसैप्रति व्यंग्य गरेको सुन्ने गरिन्छ । त्यसो भए कस्ता सपना देख्दा के फल प्राप्ति हुन्छ त ? हेरौँ केही सपनाका फल । 

सपनामा भूकम्प या सुनामी आएको देख्यो भने मानिसलाई अपमानको भय हुन्छ । यस्तो सपना देख्नेले निकट भविष्यमा नै कुनै संकट या कष्टको सामना पनि गर्नु पर्ने हुनसक्छ । 
कसैले सपनामा घनघोर वर्षा भएको देख्यो भने उसलाई शुभ हुनेछ । उसलाई धनलाभ हुने तथा वैभव प्राप्तितर्फको इसारा गरेको मानिन्छ । 

त्यसैगरी सपनामा कुनै पर्व या महोत्सव मनाइएको र आफू पनि सहभागी भएको देखिएमा आफूले विपनामा आँटेको र मनमा कल्पेको काम पूरा हुनेछ । 

त्यसैगरी सपनामा देवी देवता देखेमा पनि यसलाई शुभ मानिन्छ । यसले त्यस मानिसलाई आफ्नो काममा र निकट भविष्यमा शुभारम्भ गर्न लागेको काममा सफलता दिनेछ । 

कुनै व्यक्ति सपनामा आफै उडेको देखेमा त्यसलाई कुनै पनि समस्याबाट मुक्ति मिल्दछ भनिएको छ । 

यदि सपनामा शिशु चलेको या खेलेको देखेमा राकिएको अथवा प्राप्त हुन नपाएको धन प्राप्ति हुनेछ । अर्थात् यस्तो सपनाले कसैले लिएको ऋणको पैसा फिर्ता हुनेछ । 

यदि कसैको शिर काटिएको देखिएमा त्यस व्यक्तिको विदेश यात्रा हुने देखिएको छ । 

यदि कोही मानिस सपनामा आफै या अरु कोही व्यक्ति वाहवाह गर्दै हाँसेको देखिएमा सत्रुबाट थप अपमानित हुनसक्ने योगतर्फ संकेत गर्दछ । 

सपनामा यमराज देखेमा विरामीबाट छुटकरा पाउन सकिन्छ । 

सपनामा घाटतर्फ मुर्दा लगिरहेको देखेमा विपनामा धन प्राप्ति हुनेछ । 

सपनामा भिडभाड तथा भिडभाडबाट आफू पनि हिँड्दै गरेको देखेमा आफूले आँटेको वा गरिरहेको कामकाज अधुरो हुने संकेत गर्दछ ।