२४ भाद्र २०८३, बुधबार
,
Latest
परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा ढिला प्रवेश भयो मनसुन



अ+ अ-

काठमाडौँ। नेपालमा यसवर्षको मनसुन औसत मितिभन्दा ६ दिन ढिला गरी प्रवेश गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनीले सरदर मिति जुन १३ तारिखमा मनसुन प्रवेश गर्ने भए पनि यस वर्षको मनसुन आज असार ५ गते (जुन १९) मा औसत मितिभन्दा ६ दिन ढिला गरी प्रवेश गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार कोशी प्रदेशका केही भूभागमा पूवेश गरेको मनसुन अहिले निकै कमजोर रहेको छ । देशभर मनसुन फैलिन भने समय लाग्ने बताइएको छ ।

सन् १९७४ मा पनि आजकै दिन नेपालमा मनसुन प्रवेश गरेको थियो भने सन् १९८२ मा सबैभन्दा ढिलो, जुन २७ मा मनसुन आगमन भएको थियो । सन् १९८१ यता अभिलेख गरिएको मनसुनी वर्षाको विवरण अनुसार सबैभन्दा कम वर्षा सन् २०१५ मा ११६९ मिलिलिटर मात्र भएको थियो ।

नेपालमा मनसुन ऋतुमा औसत १३८२ मिलिलिटर वर्षा हुने गर्दछ । गत वर्ष भने मनसुन १५ दिनअघि नै प्रवेश गरेको थियो । यसपालि प्रि मनसुमा धेरै वर्षा भएको छ । मनसुनमा कम वर्षा हुने र गर्मी बढी हुने आकलन गरिएको छ । रासस