१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेर्नुहोस, कस्ता सपना देख्दा के फल प्राप्त हुन्छ ?



अ+ अ-

मानिसहरु सपना देखेको आधारमा योजना बनाउँछन् । मानिसका मनमा अनेकन योजना हुन्छन् र भविष्य बनाएका हुन्छन् । अर्थात् कतिपयको यस्तो भनाई पाइन्छ कि कुनै वस्तुको प्राप्तिमा लागेको व्यक्तिले बिपनामा यस्तो प्राप्त गर्न सकेन भने त्यसले सपना देख्छ र पूरा गर्छ पनि भनिएको छ । त्यसैले मानिसहरु ‘यस्तो या उस्तो सपना नदेखे हुन्छ’ भनेर पनि कसैप्रति व्यंग्य गरेको सुन्ने गरिन्छ । त्यसो भए कस्ता सपना देख्दा के फल प्राप्ति हुन्छ त ? हेरौँ केही सपनाका फल । 

सपनामा भूकम्प या सुनामी आएको देख्यो भने मानिसलाई अपमानको भय हुन्छ । यस्तो सपना देख्नेले निकट भविष्यमा नै कुनै संकट या कष्टको सामना पनि गर्नु पर्ने हुनसक्छ । 
कसैले सपनामा घनघोर वर्षा भएको देख्यो भने उसलाई शुभ हुनेछ । उसलाई धनलाभ हुने तथा वैभव प्राप्तितर्फको इसारा गरेको मानिन्छ । 

त्यसैगरी सपनामा कुनै पर्व या महोत्सव मनाइएको र आफू पनि सहभागी भएको देखिएमा आफूले विपनामा आँटेको र मनमा कल्पेको काम पूरा हुनेछ । 

त्यसैगरी सपनामा देवी देवता देखेमा पनि यसलाई शुभ मानिन्छ । यसले त्यस मानिसलाई आफ्नो काममा र निकट भविष्यमा शुभारम्भ गर्न लागेको काममा सफलता दिनेछ । 

कुनै व्यक्ति सपनामा आफै उडेको देखेमा त्यसलाई कुनै पनि समस्याबाट मुक्ति मिल्दछ भनिएको छ । 

यदि सपनामा शिशु चलेको या खेलेको देखेमा राकिएको अथवा प्राप्त हुन नपाएको धन प्राप्ति हुनेछ । अर्थात् यस्तो सपनाले कसैले लिएको ऋणको पैसा फिर्ता हुनेछ । 

यदि कसैको शिर काटिएको देखिएमा त्यस व्यक्तिको विदेश यात्रा हुने देखिएको छ । 

यदि कोही मानिस सपनामा आफै या अरु कोही व्यक्ति वाहवाह गर्दै हाँसेको देखिएमा सत्रुबाट थप अपमानित हुनसक्ने योगतर्फ संकेत गर्दछ । 

सपनामा यमराज देखेमा विरामीबाट छुटकरा पाउन सकिन्छ । 

सपनामा घाटतर्फ मुर्दा लगिरहेको देखेमा विपनामा धन प्राप्ति हुनेछ । 

सपनामा भिडभाड तथा भिडभाडबाट आफू पनि हिँड्दै गरेको देखेमा आफूले आँटेको वा गरिरहेको कामकाज अधुरो हुने संकेत गर्दछ ।