शारजाहः इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत बिहीबारको खेलमा किंग्स इलेभेन पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको छ ।
टी२० क्रिकेटमा विश्वचर्चित व्याट्सम्यान क्रिस गेल सहित उत्रेको पञ्जाबले १७२ रनको निर्धारित लक्ष २० ओभरमा पूरा गरेको थियो । जितसँगै पञ्जाबले महत्वपूर्ण २ अंक बटुलेको छ । अंक तालिकामा पुछारमा रहेको पञ्जाबको ८ खेलबाट ४ अंक भएको छ ।
पञ्जाबका लागि मयंक अग्रवालले ४५, कप्तान केएल राहुलले ६२, क्रिस गेलले ५३ रन बनाएका थिए । जितका लागि १ बलमा १ रन चाहिएको अवस्थामा पञ्जाबका निकोलस पूरनले छक्का प्रहार गरी विजयी रन बनाए ।
शारजाहको सुस्त पिचमा टस जितेर पहिले ब्याटिङ रोजेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७१ रन बनाएको थियो ।
बैंगलोरका लागि कप्तान विराट कोहलीले ४८, आरोन फिन्चले २०, देवदत्त पाडीकलले १८, वासिङटन सुन्दरले १३, शिभम दुबेले २३, क्रिस मोरिसले २५ तथा इसुरु उडानाले १० रन बनाएका थिए ।
बैंगलोर टिम
आरोन फिन्च, देवदत्त पाडीकल, विराट कोहली, एबी डी भिलियर्स, शिभम दुबे, वासिङटन सुन्दर, क्रिस मोरिस, इसुरु उडाना, मोहम्मद सिराज, नवदीप सैनी र युजवेन्द्र चहल ।
पञ्जाब टिम
मयंक अग्रवाल, क्रिस गेल, केएल राहुल, निकोलस पूरन, ग्लेन म्याक्सवेल, दीपक हूडा, क्रिस जोर्डन, एम अश्विन, रवी बिस्नोई, मोहम्मद शामी र अर्शदीप सिंह ।
पछिल्लो अंक तालिका
दिल्ली क्यापिटल्स – १२
मुम्बई इन्डियन्स – १०
रोयल च्यालेन्जर्स बैंगलोर – १०
कोलकाता नाइट राइडर्स – ८
सनराइजर्स हैदराबाद – ६
चेन्नाई सुपर किंग्स – ६
राजस्थान रोयल्स – ६
किंग्स इलेभेन पञ्जाब – ४











