१ पुष २०८२, मंगलवार
,
Latest
आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुर नगरपालिकाको मतगणना सुरु



अ+ अ-

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मतगणना सुरु भएको छ ।

आज भएको निर्वाचनमा उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा ६८ प्रतिशत मत खसेको छ ।

सर्वदलीय सहमतिका आधारमा राति १० बजे मतगणना सुरु गरिएको हो ।

सुरुमा दुई जना वडाध्यक्षको मत गणना सकिएपछि अन्य वडाको मतगणना गरिने छ । कीर्तिपुरमा दुई वटा वडाका वडाध्यक्ष र नगरप्रमुखका लागि उपनिर्वाचत भएको हो ।

कीर्तिपुरको नगरप्रमुखमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु गरी २० जनाबीच प्रतिस्पर्धा छ । कीर्तिपुरमा कांग्रेस, एमाले, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारबीच नै चर्को प्रतिस्पर्धा छ । निर्वाचनको मतपरिणाम भोलिसम्म आउने बताइएको छ ।