२१ असार २०८३, आईतवार
,
Latest
सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ निर्वाचन हारपछि एमालेमा पुनर्गठनको गृहकार्य तीव्र, थापा नेतृत्वको कार्यदल बैठक असार २५ मा सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड सरकारले संविधानको संवेदनशीलता बिर्सियो: गगनकुमार थापा मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ एक हजारभन्दा बढी प्रतिनिधिसहित घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु ३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउने कार्यक्रम जारी (भिडियो सहित)



अ+ अ-

काठमाडौं । कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउने कार्यक्रम मंगलवार पनि जारी रहेको छ ।  

सोमवारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएकोमा मंगलवार पनि खोप लगाउने कार्यक्रम जारी रहेको हो । कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिइएको छ ।

उपत्यकाका विभिन्न खोप केन्द्रहरु सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, विरेन्द्र सैनिक अस्पताल छाउनी, लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगंज, वीर अस्पताल, शुक्रराज ट्राफिकल तथा सरुवा रोग अस्पताल टेकु बाट बुस्टर खोप लगाउने कार्यक्रम जारी राखिएको छ ।

त्यस्तै छाउनी, बयोधा अस्पताल बल्खु, प्रसुती रोग तथा स्त्रीरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँ बानेश्वर, पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल सामाखुसी, काठमाडौं मोडल अस्पताल, एपेक्स पोलिक्लिनिक जुुडिबुटी, काठमाडौं मोडल अस्पताल, प्रर्दशनीमार्ग, जनमैंत्री अस्पताल बालाजु, शुभेच्छा अस्पताल थापाथली, नर्भिक अस्पताल थापाथली र नोबेल अस्पताल सिनामंगलबाट पनि खोप दिइराखिएको छ । खोप केन्द्रहरुमा खोप लगाउनेको भीड रहेको छ । सिंहदरवारमा कर्मचारीहरुका लागि सीसीएमसीको कार्यालय परिसरमा खोप दिने व्यवस्था मिलाइएको छ । सीसीएमसीको कार्यालय परिसरमा मंगलवार पनि बिहानदेखि खोप लगाउनेहरुको घुइँचो लागेको छ ।