३० असार २०८३, मंगलवार
,
Latest
बीउविजन नियमावली संशोधन बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ? समयमै उपचार नपाउँदा सर्पदंशका बिरामीले गुमाउँदै छन् ज्यान नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नवनियुक्त प्रतिनिधि हरि दासद्वारा परराष्ट्रमन्त्रीसमक्ष ओहदाको प्रमाणपत्र पेश सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि ‘कोशेढुंगा’: निर्माण व्यवसायी महासंघ सञ्चार गृह अगाडिको घटनामा छानबिन र कारबाही हुनुपर्छः सभापति लामिछाने पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित पूर्वसचिव डा जोशीको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः पोखरा एभेन्जर्सले निःशुल्क जर्सी, टिकट र खाजासहित बस व्यवस्था गर्ने



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले समर्थकहरूका लागि निःशुल्क टिकट र खाजासहित बस सेवा उपलब्ध गराउने भएको छ ।

पोखराको खेल भएको दिनमा टोलीले यो सेवा प्रदान गर्ने भएको हो । दुईवटा बससहित समर्थकहरू लिएर पोखराबाट काठमाडौं आउने र फेरि पोखरा फिर्ता हुने टोलिले जनाएको छ । त्यस्तै पोखराले आफ्ना फ्यानहरूका लागि निःशुल्क टिकट, खाजा र जर्सी पनि उपलब्ध गराउने बताएको छ ।

यो सेवा लिनका लागि पोखराले आइतबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मलाई बुकिङ खुल्ला गरेको छ । पोखराभित्रबाट ४० जना र गण्डकी प्रदेशअन्तर्गत पोखराबाहिरबाट जान चाहनेहरूलाई पनि २० सिटको व्यवस्था गरिने छ ।

बुकिङका आधारमा काठमाडौं जाने व्यक्तिहरूको लक्की ड्र मार्फत नाम चयन गरिने छ । एकपटकमा नाम नआएमा अर्कोपटक प्राथमिकता दिइने पोखराले जनाएको छ ।

पोखराले मङ्गलबार दिउँसो चितवन राइनोजसँग खेल्दै एनपिएलको सुरुवात गर्नेछ ।