१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी वकिल कार्यालयमा रविको बयान जारी



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा बयान जारी रहेको छ ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनविरुद्ध पक्राउ पूर्जी जारी भएको लामिछानेलाई बिहीबार बयानको लागि काठमाडौं ल्याइएको थियो । शुक्रबारदेखि नै उनको बयान सुरु गरिएको थियो ।

जिल्ला सहकारी वकिलको कार्यालयमा शुक्रबार बिहान ९ बजेदेखि सुरु भएको बयान दिउँसो ३ः३० बजेसम्म बयान चलेको थियो । उक्त दिन बयान नसकिएकोले आज पुनः निरन्तरता दिईएको हो ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि गत कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । यो बीचमा उनलाई रुपेन्देही पनि बयानको लागि लगिएको थियो । उनीमाथि चितवनको साहारा सहकारीको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ ।