२५ श्रावण २०८३, सोमबार
,
Latest
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन जुम्ला यातायात कार्यालयले उठायो एक वर्षमा पौने दुई करोड राजस्व प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट मुस्लिम आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश अर्थमन्त्री डा. वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्नुहुँदै थर्पु बजार खानेपानी समितिद्वारा गोरखाका पहिरोपीडितलाई एक लाख एक हजार सहयोग सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव लागुऔषधसहित पाँच जना पक्राउ पाल्पामा पिकअप जिप ११० मिटर तल खस्दा १० जना घाइते शीत भण्डार बनेपछि स्याङ्जाकाे रत्नपुरका आलु उत्पादक किसान उत्साहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी वकिल कार्यालयमा रविको बयान जारी



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा बयान जारी रहेको छ ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनविरुद्ध पक्राउ पूर्जी जारी भएको लामिछानेलाई बिहीबार बयानको लागि काठमाडौं ल्याइएको थियो । शुक्रबारदेखि नै उनको बयान सुरु गरिएको थियो ।

जिल्ला सहकारी वकिलको कार्यालयमा शुक्रबार बिहान ९ बजेदेखि सुरु भएको बयान दिउँसो ३ः३० बजेसम्म बयान चलेको थियो । उक्त दिन बयान नसकिएकोले आज पुनः निरन्तरता दिईएको हो ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि गत कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । यो बीचमा उनलाई रुपेन्देही पनि बयानको लागि लगिएको थियो । उनीमाथि चितवनको साहारा सहकारीको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ ।