१८ माघ २०८१, शुक्रबार
,
Latest
चलचित्र ‘कर्मा’ को पहिलो चरणको छायांकन सम्पन्न नारायणी अस्पतालमा ५ सय शैय्याको भवन निमार्णको माग गर्दै धर्ना शुरु संसदीय दलको कार्यालय जाँदै रवि लामिछाने, सभामुखलाई पनि भेट्ने सभामुखलाई भेट्दै रवि लामिछाने सङ्घीय संसद्को पाँचौँ अधिवेशनः मुद्दा सुल्झाउने कि बल्झाउने ? जनहित विपरितका ऐन, कानूनहरु निर्माण भए संसद छोडेर सडकको उपयोग गर्छौंः अध्यक्ष लिङदेन ब्रिक्स शुल्कको खतरा दोहोर्‍याउँदै ट्रम्प चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन अर्थ र सहरी विकास मन्त्रीको अनुगमन बागमती प्रदेशसभाको बैठक आज हिउँदे अधिवेशनमा कतै नअल्झी धेरै कानुन बनाउँछौँ : सांसद राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी विकास बैंकद्वारा सहारा एकेडेमीलाई सहयोग



अ+ अ-

काठमाडौँ । लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गरेको सूर्यबहादुर केसी स्मृति फुटबल एकेडेमीलाई रु दुई लाख ४३ हजार सहयोग गरेको हो ।  

बैंकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, पोखरा न्यूरोड र महेन्द्रपुल शाखाका शाखा प्रबन्धकद्वय बलबहादुर ढकाल र गोपीराज अधिकारीले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ, क्लबका निवर्तमान अध्यक्ष केशवबहादुर थापा र पूर्व अध्यक्ष विक्रम थकालीलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो । एकेडेमीमा हाल १५ जिल्लाका २४ बालक रहेको क्लबका उपाध्यक्ष तथा एकेडेमीका संयोजक चित्रबहादुर पुनले जानकारी दिनुभयो । सहारा क्लबले उनीहरुको लालनपालन, शिक्षासँगै फुटबल प्रशिक्षणसमेत दिँदै आएको छ । 

क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गर्दैआएको छ । लुम्बिनी विकास बैंकले सातवटै प्रदेशमा ७९ शाखामार्फत २०७८ पुस मसान्तसम्म रु ४२ अर्ब ३८ करोड निक्षेप सङ्कलन गरी रु ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ । बैंकले “निरन्तर सहयात्रा” नाराका साथ देशभरका ३१ जिल्लामा ७९ शाखा र १७ एटिएमबाट करिब तीन लाख ८० हजार ग्राहकलाई सेवा दिँदै आएको छ । लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहारा क्लब पोखरालाई सहयोग रकम हस्तान्तरण गरेको बैंकका पोखरास्थित न्यूरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकालले जानकारी दिनुभयो ।