४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

जनताको जीवन रक्षाका लागि अथक प्रयास गरिरहेका छौं : राज्यमन्त्री मानन्धर

जनताको जीवन रक्षाका लागि अथक प्रयास गरिरहेका छौं : राज्यमन्त्री मानन्धर
अ+ अ-

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना महामारीबीच पनि अब सरकारले जनताको विकासको चाहनालाई तिब्रता दिने बताउनुभएको छ । सहरी क्षेत्रलाई व्यवस्थित र सबै किसिमको सुरक्षासहित प्रविधि मैत्री बनाउनका लागि आफुहरु लागिपरेको बताउँदै मन्त्री मानन्धरले सहरी क्षेत्रको सामाजिक सुरक्षामा आफुहरुको विशेष ध्यान केन्द्रीत भएको बताउनुभयो ।

मन्त्री मानन्धरले जनताको जीवन रक्षाका लागि सरकारले हर तरहको प्रयास गरिरहेको समेत बताउनुभएको छ । जनताको दुख पीडामा सरकार सधैं साथ रहेको बताउँदै मन्त्री मानन्धरले जनताको जीवनस्तर सुधारका लागि आफुहरु विभिन्न योजनासाथ काम गरिरहेको बताउनुभयो ।
 
काठमाडौंको सोह्रखुट्टेस्थित फलफुलचोकमा खाना पकाउने ग्यास सिलिण्डर विष्फोटमा घाइते भएकाहरुलाई भेट्न र क्षतिग्रस्त घरको अनुगमनमा पुग्नुभएका मन्त्री मानन्धरले जनताको दुखमा सरकारको साथ र सहयोग रहने बताउनुभयो । 

खाना पकाउने ग्यास लगायतका प्रज्वलनशिल पदार्थको प्रयोगले जनजीवन सहज भएपनि पछिल्लो समय सहरी क्षेत्रमा दुर्घटना पनि बढीरहेको बताउँदै मन्त्री मानन्धरले सावधानी अपनाउन पनि सर्वसाधारणलाई आग्रह गर्नुभयो । 

सहरी क्षेत्रका घना वस्ती भएका क्षेत्रमा भान्सामा सावधानी अपनाउन नसकिए ठुलो दुर्घटना पनि निम्तनसक्ने तर्फ सबै सचेत हुनुपर्ने भन्दै मन्त्री मानन्धरले सावधानीका उपाय अवलम्वन गर्न पनि आग्रह गर्नुभयो । 

मन्त्री मानन्धरले हिजोको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताउँदै आवश्यक सहयोगका लागि आश्वासन समेत दिनुभएको छ ।

हिजो खाना पकाउने ग्यास विष्फोट हुँदा ११ जना घाइते भएका थिए भने घर तथा कम्पाउण्डमा पुर्ण क्षति भएको थियो ।