१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलमा दोस्रो अर्धशतक जनकपुरका मिलन्थाको नाममा



अ+ अ-

काठमाडौँ । जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले विराटनगर किङ्सविरुद्व अर्धशतकीय पारी खेलेका छन् ।

आज त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा मिलन्थाले ५३ बल खेल्दै नौ चौका र तीन छक्काको मद्दतमा ७५ रन बनाए । मिलन्था प्रेरित जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई आठ विकेटले पराजित गर्यो ।

अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काका मिलन्थाले ३९ बलमा दुई छक्का र चार चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । पहिलो संस्करणको एनपिएलमा अर्धशतक बनाउने उनी दोस्रो खेलाडी बनेका छन् ।

यसअघि न्यूजिल्याण्डका पूर्वओपनर ब्याटर मार्टिन गप्टिलले जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सको तर्फबाट अर्धशतक बनाएका थिए ।

उनले ३६ बलमा सात चौका र एक छक्कासहित ५० रन बनाउन सफल भएका हुन् । गप्टिलले विराटनगरको लागि अर्धशतक प्रहार गर्दै सर्वाधिक ५५ रन बनाएर आउट भएका थिए ।