२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरले विराटनगरलाई सजिलै हरायो



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ ।

विराटनगरले दिएको १२८ रनको झिनो लक्ष्य जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको लागि लाहिरू मिलन्थाले सर्वाधिक अविजित ७५ रन बनाए ।

बलिङमा विराटनगरका प्रतिश जिसी र क्रिस सोलले एकएक विकेट लिए ।

त्यसअघि किर्तीपुरस्थित टियु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर जम्मा १२७ रन बनाएको थियो ।

विराटनगरको लागि ओपनर ब्याटर मार्टिन गप्टिलले सर्वाधिक रन बनाएका थिए । गुप्टिलले ४३ बलमा ५५ रन बनाए । यस्तै अकिब इलियासले १५, निकोलस किर्टनले नौ र लोकेश बमले पाँच रनको योगदान दिए । बसिर अहमद, सन्दीप लामिछाने र अनिल खरेलले समान ७र७ रन बनाए ।

जनकपुर बोल्ट्सका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिएका थिए । किशोर महतो र हर्ष ठाकरले समान २र२ विकेट लिए भने जनकपुरका मोहम्मद मोहसिन र बेन माइकले समान एकरएक विकेट हात पारेका थिए ।

एनपिएलअन्तर्गत आइतबार कुनै पनि खेल हुने छैन । सोमबार दुई खेल हुनेछन् । सोमबार हुने पहिलो खेलमा काठमाडौं गुखार्ज र चितवन राइनोज र दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ ।