१५ मंसिर २०८१, शनिबार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो नेपाल प्रिमियर लिग: आयोजकप्रति दर्शकहरू रुष्ट कन्ट्री रेटिङको नतिजालाई अवसरमा बदलौँ: अर्थमन्त्री  पौडेल त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते- तस्बिरहरु चीन भ्रमण: प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको राष्ट्रपतिसंग भेट विमानस्थलमा बिआरआईको यो संयोग ! उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह राजनीतिलाई सही दिशामा लैजान आवश्यकः अध्यक्ष नेपाल सत्ता समीकरण परिवर्तन गर्न पर्दाभित्र र बाहिर कसैले कोशिस नगरे हुन्छः उपप्रधानमन्त्री पौडेल प्रधानमन्त्री ओलीको भ्रमणबाट नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरले विराटनगरलाई सजिलै हरायो



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ ।

विराटनगरले दिएको १२८ रनको झिनो लक्ष्य जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको लागि लाहिरू मिलन्थाले सर्वाधिक अविजित ७५ रन बनाए ।

बलिङमा विराटनगरका प्रतिश जिसी र क्रिस सोलले एकएक विकेट लिए ।

त्यसअघि किर्तीपुरस्थित टियु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर जम्मा १२७ रन बनाएको थियो ।

विराटनगरको लागि ओपनर ब्याटर मार्टिन गप्टिलले सर्वाधिक रन बनाएका थिए । गुप्टिलले ४३ बलमा ५५ रन बनाए । यस्तै अकिब इलियासले १५, निकोलस किर्टनले नौ र लोकेश बमले पाँच रनको योगदान दिए । बसिर अहमद, सन्दीप लामिछाने र अनिल खरेलले समान ७र७ रन बनाए ।

जनकपुर बोल्ट्सका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिएका थिए । किशोर महतो र हर्ष ठाकरले समान २र२ विकेट लिए भने जनकपुरका मोहम्मद मोहसिन र बेन माइकले समान एकरएक विकेट हात पारेका थिए ।

एनपिएलअन्तर्गत आइतबार कुनै पनि खेल हुने छैन । सोमबार दुई खेल हुनेछन् । सोमबार हुने पहिलो खेलमा काठमाडौं गुखार्ज र चितवन राइनोज र दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ ।