१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिलाबल्लभसँगै मानव तस्करीको आरोप लागेका तीन जनालाई थुनामा पठाउने आदेश



अ+ अ-

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले मानव तस्करी तथा लिखत सम्बन्धी आरोप लागेका तीन जनालाई थुनामा पठाउने आदेश गरेको छ ।

न्यायाधीश बलराम लम्सालको इजलासले महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवारलाई थुनामा पठाउने आदेश गरेको हो ।

यस्तै, इजलासले जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई धरौटी मागेको थियो । उनीहरु ५०–५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । नवीन राई र बुद्धि राई भने साधारण तारेखमा रिहा भएका छन् ।

उनीहरूमाथि मानव तस्करी तथा लिखत सम्बन्धी कसुर गरेको आरोप लागेको थियो । यही प्रकरणमा मुछिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीसहित चारै जनालाई होल्डमा राखेर जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले अधिकारीमाथि मुद्दा नचल्ने निर्णय गरेको थियो । तर, आज शुक्रबारमात्रै मुद्दा नचलाउने निर्णय बदर हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।