१४ मंसिर २०८१, शुक्रबार
,
Latest
यू–१९ एसिया कपः श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य आचार संहिता विपरीत गतिविधि गर्ने ६ जना उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण एनपिएल उद्घाटन खेलको पासका लागि फोन वा म्यासेज नगर्न पारस खड्काको आग्रह राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालिन रुपमा सञ्चालनमा आउँछः महानिर्देशक अधिकारी भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य उपनिर्वाचनः चुनावको भोलिपल्टै सबै ठाउँको नतिजा आउने रजनीकान्तकी छोरी ऐश्वर्या र धनुषको डिभोर्स प्रधानमन्त्री ओली लुम्बिनीमा बागमती नदीमा छाडियो मेलम्चीको पानी इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री राणाले आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्दै



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आज चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्दै हुनुहुन्छ ।

परराष्ट्र मन्त्री राणा र चिनियाँ समकक्षी यी बीच छेन्दुमा भेटवार्ताको कार्यक्रम राखिएको हो । त्यसका लागि मन्त्री राणा हिजो त्यसतर्फ जानुभएको हो ।

भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारदेखि गर्ने चीन भ्रमणका क्रममा हुने सहमति र सम्झौतालाई अन्तिम रुप दिने विषयमा कुरा हुने छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जानुभएको हो ।

मन्त्री डा राणालाई छन्दुमा चीनको विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी डाइरेक्टर जनरल लि हुछियाङ र चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले स्वागत गर्नुभएको थियो ।