५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०२५ को आईपीएलमा अटाएनन् बंगलादेशका खेलाडी



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणमा बंगलादेशका कुनै पनि खेलाडी अटाउन सकेनन् । सन् २०२० पछि पहिलोपटक बंगलादेशका खेलाडीले आईपीएल खेल्न नपाउने भएका हुन् ।

२०२५ को आईपीएल लिलामीका लागि १ हजार ५७४ खेलाडीले रजिष्ट्रेशन गराएका थिए । तीमध्ये ५७४ खेलाडीलाई १० टोलीले सर्टलिस्ट गरेका थिए र ५७४ खेलाडीमा २०८ जना विदेशी थिए ।

सन् २०२५ को आईपीएलको लिलामीका लागि बंगलादेशका १३ खेलाडीले आफ्नो नाम दर्ता गरेका थिए । तीमध्ये दुईजना रिसद हुसैन र मुस्ताफिजुर रहमान मात्र सर्टलिस्टमा परेका थिए तर उनीहरुलाई पनि कसैले आफ्नो रोजाइमा पारेनन् ।

आईपीएल २०२४ को संस्करणमा मुस्ताफिजुर रहमान मात्र बंगलादेशी खेलाडी थिए जसले चेन्नई सुपर किंग्सका लागि ९ खेल खेलेका थिए । आईपीएलका सात सिजन खेलिसकेका उनले छुट्टाछुट्टै पाँचवटा टोलीबाट खेलेका छन् । पछिल्लो आईपीएलमा उनी चेन्नई सुपर किंग्समा थिए र नौ खेलमा १४ विकेट लिएका थिए । उनको आधार मूल्य दुई करोड रुपैयाँ थियो तर कसैले बोली लगाएनन् ।

लिलामीको दोस्रो दिन मुस्ताफिजुर रहमानको नाम आउँदा कुनैपनि फ्रेन्चाइजीहरुले उसलाई किनेनन् । यस्तै, लामो समयसम्म आईपीएलको हिस्सा रहेका बंगलादेशका शाकिब अल हसन यो वर्ष सर्टलिस्टमा समेत परेनन् ।

बंगलादेशका कुनै पनि खेलाडीले आईपीएलमा स्थान बनाउन नसक्दा अफगानिस्तानका खेलाडीहरू लिलामीमा निकै लोकप्रिय बने । आईपीएलको १८ औँ सिजन बंगलादेशी खेलाडीबिना हुनेछ भने अफगानिस्तानका ७ खेलाडीले कन्ट्रयाक्ट प्राप्त गरेका छन् ।