२४ मंसिर २०८२, बुधबार
,
Latest
गरिमा विकास बैंकका ऋणी मुखियाको आत्मदाह प्रयास राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री सिन्हा आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट महाधिवेशनमा हारे पनि माधव नेपाल, भीम रावलहरुको दृष्टान्त लागू हुँदैन, एमालेमै रहन्छौँ: ईश्वर पोखरेल ईश्वर पोखरेलको प्रश्नः पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता किन नदिने ? म्यानमारका स्क्यामिङ केन्द्रमा फसेका ४७ नेपाली आज नेपाल फर्काइए ‘पेन डाउन’ गरेका भन्सार एजेन्ट काममा फर्किन तयार बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सय भन्दा बढीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी सार्वजनिक



अ+ अ-

बारा । कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

आदर्शकोतवाल गाउँपालिका २ का ४१ वर्षीय सुरेन्द्रप्रसाद कुशवाहालाई पक्राउ गरेर बारा प्रहरीले बिहिबार सार्वजनिक गरेको हो ।

जेठ ३२ गते आदर्शकोतवाल गाउँपालिका २ खजुरीयामा क्याम्पस प्रमुख कुशवाहाको गोली प्रहार गरी हत्या गरिएको थियो । मृत्यु अघि कुशवाहाले सुरेन्द्रले आफूमाथि गोली प्रहार गरेको बताएका थिए ।

घटना पश्चात फरार रहेका सुरेन्द्रलाई विशेष टोलीले विराटनगरबाट पक्राउ गरेर बुधबार बारा ल्याएको थियो । सुरेन्द्र नेपाली सेनाका भगौडा तथा गाउँघरमा सबैलाई त्रसित बनाउने पृष्ठभूमिका रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् डिएसपी प्रकाश सापकोटाले बताए ।

प्रहरीको अनुसन्धानमा हत्याका मुख्य आरोपी सुरेन्द्रसहित १७ जनाको संलग्नता रहेको खुलेको थियो । हत्याका मुख्य आरोपी सुरेन्द्रमाथि ज्यान सम्बन्धी र हातहतियार खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।