२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान गर्ने



फाइल फोटो
अ+ अ-

काठमाडौं । निजी वायु सेवा कम्पनी हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान गर्ने भएको छ । अन्तर्राष्ट्रिय हवाई सेवा दिँदै आएको हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तिब्बतको ल्हासा विमानस्थलमा नियमित उडान भर्ने भएको हो ।

हिमालय एयरलाइन्सले आउँदो डिसेम्बरभित्रै पोखराबाट ल्हासा उडान थाल्ने तयारी गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

ल्हासाको गोंगार विमानस्थलले स्लटको अनुमति दिनासाथ उडान गर्ने गरी हिमालयले प्राधिकरणसँग अनुमति मागेको छ । ल्हासाको विमानस्थलबाट अनुमति पाएसँगै पोखरा विमानस्थलमा नियमित व्यावसायिक उडान सुरु हुने प्राधिकरणले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ को पुसदेखि सञ्चालनमा आए पनि चार्टर उडान बाहेक अन्य अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

हिमालयले हरेक साताको सोमबार काठमाडौंबाट ल्हासा उडान गर्ने र ल्हासाबाट पोखरा आउने छ । सोमबार हिमालयको जहाज पोखरामा नै बस्ने छ । मंगलबार पोखराबाट ल्हासा उडान गर्ने र ल्हासाबाट काठमाडौं फर्कने गरी उडान तालिका प्राधिकरणमा पठाएको छ ।